प्रतिनिधिसभामा नेकपा समाजवादीले १७ सिट मात्र पाएपछि माधव नेपाल आक्रोसित

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने प्रयास अन्तिम चरणमा पुगेको छ ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरु बसेर उक्त टुङ्गो लगाएका हुन् ।

सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरुको अडान रहँदै आएकोमा २२ सिटमा सहमति गर्ने मनस्थिति बनाएपनि अहिलेसम्मको स्थितिमा १७ सिट भागमा परेको छ ।

आफ्नो भागमा १७ सिट मात्र पर्ने भएपछि यतिबेला माधव नेपाललाई पार्टीका नेता कार्यकर्ता व्यवस्थापन गर्न कठिन भएको बताएका छन् । आफ्ना कार्यकर्ताप्रति लक्षित गर्दै नेपालले भनेका छन्, ‘टिकट पाउने भए खुसी, नपाउने भए बुरुक्क उफ्रिएर अकैतिर कुद्ने प्रचलनले हैरानी बनायो ।’