रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनबीच पार्टी एकताको विषयमा छलफल

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज पार्टी एकताको बारेमा छलफल गर्दै भेटवार्ता भएको छ ।

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उनकै निवास पुगेका हुन् ।

विवेकशील साझा पार्टी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सकारात्मक देखिएकाले लिङ्देनले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् । अहिले सामान्य रुपमा छलफल भएको र आगामी दिनमा पुनः भेट गरेर छलफल गर्न सकिने महामन्त्री राणाले बताए ।