पवनकुमार बैंकर कार्की सहित २८६९ जना अध्यागमनको कालोसूचीमा

काठमाडौं । क्यापिटल मर्चेन्ट बैकिड एन्ड फाइनान्स लिमिटेडको रकम अपचलन गरेको अभियोगमा बैकर पवनकुमार कार्की इन्टरपोलको रेडकर्नर नोटिस जारी भएका आरोपित हुन्। उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

०७२ मंसिरमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो। चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतमविरुद्ध मानव तस्करी अभियोगमा ०७६ वैशाखमा रेडकर्नर नोटिस जारी भएपछि अध्यागमनले पनि उनलाई कालोसूचीमा राखेको छ।

वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरणमा संलग्न केशव दामी मगर ११ वर्षदेखि फरार छन् । उनी इन्टरपोलका साथै अध्यागमनको पनि फरार सूचीमा छन् । ०६५ भदौमा उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो।

कार्की गौतम र मगरसहित अध्यागमनले विभिन्न अपराध अभियोगमा फरार र अनुसन्धानका क्रममा रहेका २ हजार ८ सय ६९ जनालाई कालोसूचीमा राखेको छ।। उनीहरू नेपालबाट अर्को मुलुक जान नपाउने र विदेशबाट त्यस्ता व्यक्ति आएको जानकारी पाउनासाथ तत्काल पक्राउ गरिने विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए।

नेपालमा अपराध गरेर कानुनी दायरामा नआएकालाई अदालत, अख्तियार, प्रहरीलगायत निकायको पत्रपछि अध्यागमनले कालोसूचीमा राखेर निगरानी गर्छ,ु उनले भने, ुअध्यागमन कानुन उल्लंघन गरेर देशनिकाला भएका कतिपय विदेशीलाई पनि निश्चित अवधिका लागि कालोसूचीमा राखिएको छ ।ु अदालतबाट फैसला भइसकेका तथा अनुसन्धानका क्रममा फरार रहेका मानिसका नाममा जारी सयभन्दा बढी राहदानी रोक्का गरिएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए ।

ुअदालतबाट दोषी ठहर भएपछि भागेका तथा अनुसन्धानकै क्रममा फरार १ सय १२ जनाका नाममा जारी राहदानीलाई कालोसूचीमा राखेका छौं,ु उनले भने, कानुनी दायरामा नआएसम्म त्यस्ता व्यक्तिका नाममा जारी भएको राहदानी फवा हुँदैन । अध्यागमनको कालोसूचीमा भएकामध्ये १० विदेशीसहित ६५ जना इन्टरपोलको फरार सूचीमा छन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।