आज शेयर बजारमा ८ महिना यताकै उच्च कारोबार

काठमाडौं । आज भएको शेयर ८ महिना यताकै उच्च बिन्दूमा कारोबार भएको छ । आज भएको शेयर कारोबारले ७ अर्ब भन्दा माथि उक्लिएपछि यो कारोबार विगत ८ महिना यताकै ठूलो हो ।

साताको सुरुको दिन आइतबार शेयर बजारमा ७३ अंकको उछाल आएर नेप्से २७ सय ६५ पुग्यो । सबै समूह उकालो लाग्दा निर्जीबन बीमा समूह सबैभन्दा उच्च ४ सय अंक बराबरको बृद्धि आयो । जीवन बीमा समूह पनि झण्डै ३ सय अंकले उक्लियो ।

विकास बैंक समूहमा पनि अढाई सय अंकको बृद्धिभयो । व्यापार, जलविद्युत, वित्त र उत्पादनमूलक समूहमा पनि सय अंक माथिको सुधार भयो ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ३५ अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३९ कम्पनीको डेढ करोड कित्ता शेयर ७ अर्ब १० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।