आईतबार नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । आइतवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । शुक्रवार ७१ हजार ४ सय प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ७१ हजार ६ सय कायम भएको छ । शुक्रबार तेजावी सुनको मुल्य ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मुल्य आइतबार प्रतितोला ८ सय ५५ रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।