आज सुनचाँदीको भाउ कति छ ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ ।

चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।