नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, मंसिर ९ । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र डाइजेपाम १५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली घर भएका २२ वर्षीय शुसन आछामी र खोटाङ दिक्तेल घर भएका २६ वर्षीय निशान पौडेल रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २४८६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।