किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना भई फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका २ बस्ने २२ वर्षीया प्रेम माया तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो । तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।