कोरोना संक्रमतिको संख्या १०१ पुग्यो

काठमाडौं– बिहीबार कपल्विस्तुमा २ जनामा कोरोनाको संक्रमण देखिएपछि नेपालीमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्यमन्त्रलायले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।