काठमाडौं महानगरपालिकालाई शुभप्रवा को–अपरेटिभद्वारा १,०१,१११ रुपैयाँ सहयोग

काठमाडौं । चुच्चेपाटी, चावहिलमा रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले काठमाडौं महानगरपालिकालाई एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।

विश्वभरि महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा प्रभावितलाई राहत प्रदान गर्न का।म।पा। वडा नम्बर ७ ले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संस्थाले सहयोग गरेको हो ।

संस्थाको तर्फबाट उपाध्यक्ष चन्द्र प्रसाद खनाल र कार्यकारी प्रमुख सुवास खड्काले महानगर प्रमुख विद्या सुन्दर शाक्य र वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डङ्गोललाई भेटेर उक्त राशीको चेक हस्तान्तरण गर्नुभएको हो ।