सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई पनि कोरोना संक्रमण

काठमाडौं– दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् ।

माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

माशरका बडीगार्ड र केही सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।