आज २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो, ८ जनाको मृत्यु


काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ भने ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमणबाट २२१ जना निको भएका छन् ।