कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४७ हजार भन्दा बढीको मृत्यु

जेनेभा– कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ४७ हजार ४१९ पुगेको छ ।

साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड १९ लाख ८४ हजार १०७ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६९ लाख २७ हजार ५०५ जना निको भएका छन् ।

हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४५ लाख नौ हजार १८३ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितमा ५८ हजार २४५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३० लाख ९७ हजार ५३८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३३ हजार ९९१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख १४ हजार ९३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ९६ हजार ८३२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ३६ लाख २८ हजार ७९७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ७८ हजार ६७४ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख तीन हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९४ हजार ७८२ को मृत्यु भएको छ ।

एसिया २७ लाख ७४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ६४ हजार ८६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा पाँच लाख ११ हजार ९४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२ हजार २६ जनाको मृत्यु भएको छ ।

ओसियानामा १० हजार ५३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एजेन्सी