करिब ३ लाख नगदसहित बाराबाट ७ जुवाडे पक्राउ

बारा । जितपुर सिमरा उपमहानगरपालिका(२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१५ बस्ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मान बहादुर गुरुङ, सर्लाही बागमती नगरपालिका(१ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका(८ बस्ने ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका(२ बस्ने ३५ वर्षीय बिनोद प्रसाद यादव, सल्यान बढीमालिका नगरपालिका(८ बस्ने ३२ वर्षीय भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(७ बस्ने २५ वर्षीय पदम नेवार रहेका छन् । 

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठाबाट उक्त नगद र कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।