लोकप्रिय बन्दै गायिका भीमकला र टीकाको ‘गोरखा बजार’

काठमाडौं । बिशेषगरि कौडा गीत गुरुङ समुदायको मौलीक गीत हो । पछिल्लो समय निकै मौलीक कौडा गीत बजारमा आउन थालेको कोरोना कहरलाई पनि छिचल्दै गुरुङ कलाकारहरुले मौलीक कौडा गीत सार्वजनिक गरेका छन् । सोही अवसरमा मौलीक गायिका भीमकला गुरुङ र टीका गुरुङले पनि मौलीक कौडा गीत सार्वजनिक गरेका हन् । मौलीक कौडा गीत वोल भने ‘गोरखा बजार’ रहेको छ । गीतमा भीमकला, टीकाका साथमा गायक बिबि गुरुङ (बलबहादुर), बिर बहादुर गुरुङ, राजकुमार गुरुङ र कृष्ण गुरुङले स्वर दिएका छन् ।

भीमकला गुरुङ र कृष्ण गुरुङको संगीत रहेको गीतमा टीका गुरुङको शब्द रहेको छ । जसलाई जुजु गुरुङले संगीत संयोजन गरेका छन् । गोरखा बजार’ गीतको म्युजिक भिडियोलाई बिशेषगरि मौलीक गीतमा निर्देशन तथा नृत्य गर्न रुचाउने निर्देशक दीप कोके गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।
जसमा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुको नृत्य तथा अभिनय रहेको छ । ‘गोरखा बजार’ लाई मधुर बस्नेत र विजय लामाको छायाँकन गरेका हुन् । गीतमा रोधी बस्ने प्रचलनसँगै माया साट्ने कुरा बुनिइको छ । जसमा रोधि मात्र नभई माया साँटै भन्दै गोरखा र लमजुङ जिल्ला बीचको सम्बन्धलाई जोड्न खोजिएको छ । गीत तथा भिडियोलाई भीमकला गुरुङको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।