आज ६४१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित

काठमाडौं‌– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

सो संख्या संगै पछिल्लो २४ घण्टामा संक्रमितहरुको संख्या देशभरमा ६४१ जना भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।