प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रवित्रिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्ति गरेको थियो ।

भण्डारी विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आएकी छिन । झापा भद्रपुर नगरपालिका–८ मा जन्मिएकी भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएकी छिन् ।