धरानको विपी प्रतिष्ठानमा कोरोना संक्रमित ६७ वर्षीया महिलाको मृत्यु

धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मोरङको बुढीगंगा २ निवासी उनको सोमबार मंगलबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

उनलाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो। उनमा भर्ना गर्दा अत्याधिक खोकी, सास फेर्न समस्या र ज्वरो आएको थियो। साथै उनी लामो समयदेखि मुटुको उपचार गर्दै आएको अस्पतालले जनाएको छ। मृतक महिलाको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।