कल्याण घलेको‘बाचुन्जेल तेरो मेरो’बोलको गीत बजारमा (भिडियोसहित)

कल्याण घलेको स्वर तथा अभिनयमा ‘बाचुन्जेल तेरो मेरो’बोलको गीत बजारमा आएको छ । दखिन राइको शब्द तथा संगीत रहेको उक्त गीतमा स्वर कल्याण घलेको रहेको छ । मोडल तथा गायक घलेले ठुलो पर्दाको  २ वटा फिलिममा मुख्य कलाकार साथै धेरै विज्ञाापनहरु समेत खेलिसकेका छन । उनले ४ वटा म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका छन ।

११/१२ बर्ष देखि सङघर्षरत घलेको उनकै स्वरमा चार बटा गीत (बाचुन्जेल तेरो मेरा,छुटीनलाइ मन थिएन,मखमली चोली र खोला खोला०) बोलको गीत बजारमा आइसकेका छन ।

कल्याण घले,नम्रता बुढाथोकी ,सगंम राइ ,कल्याण चौलागाँइ ,दुर्गा खवाज (हैरानी) र घनश्याम तिमिल्सिना (एन्टीना) आदिको अभिनय रहेको उक्त भिडियोमा छबि थापा मगरको कोरियोग्राफी रहेको छ ।

राम कृष्ण कडेलले खिचेको उक्त भिडियोलाइ विश्व भन्डारीले सम्पादन गरेका छन । सुरक्षा डान्स ग्रुप यूट्यूब च्यानलबाट बजारमा आएको छ साथै उक्त भिडियोलाइ घनश्याम तिमल्सिनाले (एन्टीना) निर्देशक गरेका छन ।

भिडियो हेर्नुहोस :