काठमाडौंमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो। भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए ।