रिक्ती खोलाले बगाउँदा बालिकाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका वडा नं १३ मा रिक्ती खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १२ वर्षीया सम्झना चेपाङ रहेकी छन् ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमाछोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङलाई शुक्रबार दिउँसो बगाएको र राति अबेर उनको शव भेटिएको थियो ।