भरुवा बन्दुकसहित दुई पक्राउ

बारा । बारा प्रहरीले लोड भएको दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको निजगढ नगरपालिका–१ पिपलटार बस्ने ५७ बर्षीय प्रेम बहादुर स्याङतान र उनका छोरा ३३ बर्षीय जनक बहादुर स्याङतानलाई लोड भएको २ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने ३५ पिस छर्रा, ७ पिस फलामका टुक्रा र आधा बोतल बारुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ र अञ्चल प्रहरी पोष्ट सिङगोलबाट खटिएको संयुक्त गस्ती टोलीले सोही नगरपालिका(१ पिपलटारस्थित धन्सर खोलामा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।