कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ९०६ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २८८ पुगेको तथ्यांकमा उल्लेख छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।