साढे २ लाख रुपैयाँसहित ४ जुवाडे पक्राउ

कैलाली । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा करिब साढे २ लाख रुपैयाँसहित ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

धनगढी उपमहानरगपालिका–३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका(२ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित रतन केसीको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।