कोरोनाले विश्वमाभर ८ लाख १० हजारको मृत्यु

काठमाडौं । २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख १० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख १० हजार ४९२ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३३४ पुगेको तथ्यांकमा उल्लेख छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।