गाई काटेको आरोपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौंको चुनिखेलबाट गाई काटेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने संखुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका ११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेपछि महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।