तीन लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलीरहेको अवस्थामा काठमाडौँको बौद्धबाट करिब ३ लाख रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटार बस्ने ३६ वर्षीय दावा शेर्पाको घरमा जुवातास खेलीरहेको अवस्थामा दावा लगायत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्वाईन गोटी सहित फेला पारी पक्राउ गरेको हो ।