ओवी रायमाझीको सांगीतिक यात्रा संघर्षको दौडानमै !

काठमाडौं । गुल्मी जिल्लाको वामी टक्सारबाट बिगत ९ बर्षअगाडि कलाकारिताको प्यास मेटाउन राम्ररी घर सल्लाह पनि नगरी एउटा झोला र साथमा थोरै पैसा बोकि राजधानी छिरेका थिए ओवी रायमाझी ।

यो क्षेत्र पर्दामा देखिए जस्तो रंगिन भेटेनन उनले या भनौ जति सहज तरिकाले यो क्षेत्रलाई सोचेका थिए । त्यसको ठिक बिपरित पाए । कलाको यो महासागरमा आफूलाई एक थोपा पानी जस्तो आभास पाए तर हार भने खाएन् ।

आफ्ना बाबुबाट मेहेनतको फल मीठो हुन्छ प्रयास गर्नेले सफलता पाउछ भन्ने व्यवहारिक ज्ञान पाएका थिए । यही कुरालाई उनले कला क्षेत्रमा लाग्ने प्रेरणा बनाएको बताए । सिक्नेले बुझ्छ बुझ्नेले यो क्षेत्रमा केही गर्न सक्छ भन्ने उनको मनमा आएपछि औपचारिक रुपमा अभिनय र नृत्यको कक्षामा प्रशिक्षार्थिको रुपमा सहभागी भए ।

त्यति खेर उनले गायक तथा संगीकार खेम सेन्चुरी र वसन्त थापाबाट निकै हौसला तथा सँथ सहयोग पनि पाए । सिक्ने दौरानमै उनको हिरोइज्म लुक्स देखेर विभिन्न निर्देशकहरु प्रकाश भट्ट, शिव बिक, कपिल लामाका म्युजिक भिडियोमा अवसर दिएपछि उनी म्यूजिक भिडियोतर्फ नै आकर्सित भए ।

सांगीतिक यात्रामा अब्बल ओवी रायमाझी सुरुमा अनेक दुःख कष्ट भोग्दै म्यूजिक भिडियोमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आए । तर, अझै पुर्ण पहिचान बन्न भने सकेको थिएन वा भनु उनी सन्तुष्ट हुन सकिरहेका थिएनन् । यही दौरानमा उनको निर्देशक क्रान्ती केसीसँग भेट भयो । उनको लुक्स र क्षमता देखेर क्रान्ती केसीले शुभ बिवाह लेखेको मिनि बस गीतमा मोडलिङ गर्न अफर गरे ।

उक्त गीत नै उनको पहिचान बन्यो त्यसपछि आज रुनु पर्यो धेरै, लाहुर, औँठी बेरुवाको, आसि, चिसो मैना पुसेको, धौलागिरी हिमालको छायाँ, शिन्दुर, तिम्लाइ खुशी पार्न, पिलि पिलि जुन्किरी, तिमी हौ, जस्ता धेरै एक पछि अर्को सफल गीतहरुमा अभिनय गर्ने मौका मिल्दै गयो र अहिले उनी एक सफल मोडल तथा म्यूजिक भिडियोका चर्चित नायक बन्न सफल भए ।

ओवी रायमाझी अहिले निर्देसक तथा दर्शकहरुको मुख्य रोजाईमा पर्छन् । भर्खरैको तीज गीत सोचे झैँ जिन्दगी रैनछ, मायालु आजैलाई, नरोउ नरोउ निर्माया लगायतबाट उनको थप उचाइ बढेको छ ।

पछिल्लो पटक अर्जुन पोखरेलको संगीतमा बनेको सुमधुर गीत तथा निर्देशक क्रान्ती केसीको निर्देशनमा बनेको मेरो नशा नशाम तिमी वोलको गीतको म्यूजिक भिडियो लिएर उपस्थित भएका छन् । ओवी रायमाझी हाल आफ्नै युट्युव च्यानल ओवी इन्टरटेडमेण्ट च्यानलबाट निरन्तर कला क्षेत्रमा समर्पित हुँदै आइरहेका छन् ।

उनले पछिल्लो पटक लहै लहै भन्ने गीतमा आफ्नो स्वर पनि दिन भ्याएका छन् । जुन गीत र भिडियोलार्इ दर्शकहरुले निक्कै मन पनि पराएका छन् । ओवी रायमाझी यो कलाकारिताको पाइला निरन्तर अगाडि बढीरहेको पनि छ । कोरोना महामारीले कला क्षेत्र तहसनहस बनाईरहेको छ ।

कलाकारिता सम्बधी कुनै पनि किसिमका गतिबिधी अहिलेको समयमा प्रायस् शून्य नै छ । यस्तो अवस्थामा म्यूजिक भिडियो नै दर्शकहरुको मन बहलाउने एउटा राम्रो माध्यम बनेको छ । राम्रो गीत राम्रो कलाकार राम्रो निर्देशकका म्यूजिक भिडियोले राम्रै चर्चा कमाईरहेको छ ।

राम्रा म्यूजिक भिडियोका निर्देशकका रुपमा अहिले चर्चाको शिखरमा रहेका निर्देशक क्रान्ती केसीले पनि यही लकडाउनकै समयलाई मध्यनजर गर्दै भर्खरै ‘मेरो नशा नशामा तिमी’ वोलको गीत सार्वजानिक गरेका छन् ।

‘मेरो नशा नशामा तिमी’ आधुनीक गीतको रुपमा आए पनि शुद्ध फिल्मी स्वादमा बनेको गीत हो । यसलाई फिल्माकंन पनि त्यसै गरि गरिएको निर्देशक तथा सम्पादक क्रान्ती केसीले बताए ।

अम्बिका गुरुङको शब्द अनि अर्जुन पोखरेलको संगीतमा बनेको ‘नशा नशामा तिमी’ म्यूजिक भिडियोमा अहिलेका चर्चित मोडल तथा नायक ओवी रायमाझी र अस्ट्रेलियामा बसोबास गर्दै आएकी अञ्जना कंडेलले अभिनय तथा नृत्य गरेका छन् ।

गीतमा गायक कृष्ण काफ्ले र अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ । डेकोन पिक्चर्स प्रालिको निर्माणमा बनेको उक्त म्यूजिक भिडियोको छायाँकन मुडेमा गरिएको थियो । जसमा छायाँकार अजय रेग्मी हुन् । उक्त म्यूजिक भिडियो ओवी रायमाझी युट्युव च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो ।