मृगौला पीडितद्वारा सहयोगको याचना

सोल– दक्षिण कोरियामा कार्यरत एक महिलाको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गर्न सहयोगको अपिल गरेकी छन् ।

ईपिएस भाषा परीक्षा पास गरेर दक्षिण कोरिया आएकी सिन्धुली जिल्ला घर भई हाल दक्षिण कोरियाको फाजुसीको कृषिक्षेत्रमा काम गर्दै आएकी यमकुमारी थापा मगरको मृगौलामा समस्या आएर नियमित ‘डायलसिस’ गर्नुपर्ने हुँदा थप उपचारको लागि याचना गरेकी छन् ।

दक्षिण कोरियामा काम गर्दागर्दै अचानक मृगौलामा समस्या आएपछि विगत तीन वर्षदेखि उपचार गरिरहेकी थापा मगरलाई हाल डायलसिस गर्नका लागि रकमको अभाव भएको हुँदा सम्पूर्ण कोरियामा कार्यरत नेपालीहरु लगायत विश्वभर रहहेका नेपालीहरुमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।

उनलाई सहयोगको गर्नको निम्ति यमकुमारी थापा मगरको ‘NH BANK’ बैंकमा रहेको खाता नम्बर :3021086789041 मा रकम सहयोग गर्न मृगौला रोगले पीडित थापा मगरले अपिल गरेकी छन् ।

थापा मगरको बैंक खाताको विवरण