काठमाडौं उपत्यकामा ३८८ सहित देशभर ११२० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ सहित देशभर ११२० जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै सुनसरीका ७३ जना, धनुषाका ६३, मोरङका ५३, सर्लाहीका ५०, पर्साका ४९, चितवनका ४२, बाँकेका ४१, जुम्लाका ३७, महोत्तरीका ३१, रुपन्देहीका २७, कास्कीका २४, बाराका २३, कालीकोटका २१, लमजुङका १९, रौतहटका १८, नवलपुरका १६, सिराहाका १५, कैलालीका १३, झापाका ११ र बझाङका ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङका ६ जना, बर्दियाका ५, तनहुँका ४ जना, भोजपुर, नवलपुर र कञ्चनपुरका ३-३ जना, ओखलढुंगा, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, रामेछाप र प्युठानका २-२ जना तथा उलयपुर, खोटाङ, पाँचथर, काभ्रे, नुवाकोट सिन्धुली, गोरखा, पर्वत, स्याङ्जा, अर्घाखाँची, पाल्पा, रोल्पा, दैलेख, अछाम, डडेलधुरा र बैतडीका १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।