२६ किलो अफिमसहित ५ पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरीले २६ किलो लागूऔषध (अफिम) सहित पाँच जनालाई पक्राउ गरेको छ ।

जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानबाट २६ किलो अफिमसहित पाँचजनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । एसएसपी बास्तोलाका अनुसार भदौ २० गते रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, जलिगार्डबाट १६ केजी लागुऔषध (अफिम) तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका–९, जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेका छन । त्यस्तै सोही दिन नै नलगाड नगरपालिका–२, छेप्काबाट १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको एसएसपी बास्तोलाले बताए ।

पक्राउ पर्नेमा नलगाड–३, का ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातापानी गाउँपालिका–५ का ५५ वर्षीय हरिचन्द्र डाँगी रहका छन । उनिहरुबाट ५१ हजार ९५० रुपौँया नगद र दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ