डिभोर्सपछि पहिलो पटक मलाइकाको पारिवारिक भेट

एजेन्सी । करीब २ बर्षदेखि पारिवारिक भेटका कुनै कार्यक्रममा सहभागिता जनाउन नपाएकी बलिउड अभिनेत्री मलाइका अरोडा माइती गएकी छन् ।

बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको डिर्भोसपछि उनी खुलेर कुनै पनि कार्यक्रममा सहभागिता जनाउन पाएकी थिइनन् । झन् पछि अर्जुन कपूरसंगको प्रेम चर्चाका कारण उनी पारिवारिक भेटमा जान छाडेकी थिइन् । लामो समयदेखि माइत नगएकी उनी करीब ६ महिनापछि आमासंग भेट्न गइन् ।

ओणम नामक पर्व मनाउन आमाको निम्तोमा मलाइका माइत पुग्दा उनको स्वागतमा विशेष पकवान तयार पारिएको थियो । मलाइका स्वागत गर्न भारतीय पकवान उप्पल, इनजी पुली, कनिमंगाअचर, मंगा अचर, वडुकापुली नारंगा अचार, चमनथी, मोरमुमुलाकु, काया वररथतुसहित २५ व्यञ्जन तयार पारिएको थियो ।