आज संघीय संसदको प्रथम ऐतिहासिक अधिवेशन बस्दै

काठमाडौं– आज संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशन बस्दै छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो ।

पहिलो अधिवेशनमा संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथग्रहण अपराह्न ४ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथग्रहण ५ः०० बजेका लागि तय भएको छ । यसअघि आज नै बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । दुवै सदनको संयुक्तरूपलाई संघीय संसद् भनिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० सदस्य रहेको प्रतिनिधिसभा संघीय संसद्को तल्लो सदन मानिन्छ । गत मंसिर १० र २१ मा प्रतिनिधि सभा र गत माघ २४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन भएको थियो ।

संवैधानिक व्यवस्थानुसार आङ्खनो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा ३८ जनाले आङ्खनो मातृभाषामा शपथ लिने जानकारी गराएका छन् ।भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वा्चित सांसदले सचिवालयलाई जानकारी गराएका थिए । यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिन चाहेको सूचना प्राप्त भएको छ । सचिवालयले एक सूचनामार्फत मातृभाषामा शपथ लिन चाहे त्यसको जानकारी गराउन आग्रह गरेको छ ।

कुनै सदस्यले आङ्खनो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आङ्खनो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ ।