आजको मौसम : ४ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकाध ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।