उपत्यकामा अपडेट : एकैदिन १९१२ कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५६७, भक्तपुरमा १२२ र ललितपुरमा २२३ जनामा गरी कुल १९१२ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।