नेकपाका वरिष्ठ नेता खनाल र भारतीय राजदूतबीच भेटभार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल र राजदूत क्वात्राबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको सचिव भट्टराईले जानकारी दिए ।