एकैदिन विश्वभर कोरोनाले ६ हजारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ६ हजार ५७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५२० कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३७ हजार ३९१ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ ।