२४ घन्टामा देशभर १ हजार ३२५ नयाँ संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो ।

योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।