आइसोलेसनबाट भागेका कोरोना संक्रमित थुनुवा पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका थुनुवा रमेश तामाङ काभ्रेमा पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दीलिप चौधरीका अनुसार असोज १ गते काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेण्टल एण्ड जनरल हस्पिटलको आइसोलेसनबाट भागेका तामाङलाई आइतबार राति काभ्रेको सिउरीबाट पक्राउ गरिएको हो । तामाङ गौशालाबाट ४ सय सेट नाइट्रोभ्याट, डाईजेपाम र फेनारगन सहित पक्राउ परेका थिए । उनी यसअघि पनि लागुऔषध मुद्धाका फरार आरोपी हुन् ।