एकैदिन थप १६ संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा एकैदिन थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

आज थप १ हजार १५४ जनामा कोरोना पुष्टि भएको छ ।

१ हजार ५ जनाले कोरोनालाई जितेका छन् ।