च्यामाका युबाहरुद्वारा ९० हजार खर्च गरेर १० बेडको क्वारेन्टाइन निर्माण

No photo description available.

दोलखा। कोरोनाको कहरबीच सरकार पक्षबाट कुनै ठुलो हुन नसकेपनि आफ्नै खर्चबाट च्यामा युवाहरुले क्वारेन्टाइनको निर्माण गरेका छन । 

जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर ६ च्यामाका युबाहरु मिलेर आफ्नै खर्चमा १० बेडको क्वारेन्टाइन निर्माण गरेका छ्न। डाइनामिक युबा क्लब र सभ्यजागरण युबा क्लबका युबाहरु मिलेर १० बेडको क्वारेन्टाइन निर्माण गरेका हुन।

सोही वडामा रहेको सुर्यदय आधारभुत बिधालयको भवनमा करिब ९० हजार खर्च गरेर क्वारेन्टाइन निर्माण गरिएको डाइनामिक युबा क्लबका अध्यक्ष नवराज फुयालले बताए।

देशमा कोरोना बढ्दै गइरहेको बेला फुर्सदको समयको उपयोग गर्दै आफ्नो वडामा पनि भोलि कोरोना कसैलाइ देखिएमा ब्यवस्थापन गर्न सजिलो होस भनेर क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष फुयालले बताए। 

क्वारेन्टाइनमा सिरक डस्ना सहित झुले समेत ब्यवस्था गरिएको फुयालले बताए ।