चितवनमा थप ३४ जनामा संक्रमण

चितवन । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् । संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका १९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै माडी कि १ महिला, खैरहनीका १ पुरूष, रत्ननगरका २ पुरूष र इच्छाकामनाका १ पुरूषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।