दिलकुमार कार्कीको ‘स्कूल पढ्दा खेरी” बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । दोहोरी गायक दिलकुमार कार्की र गायिका मन्जु ढुंगानाको “स्कूल पढ्दा खेरी” गीत बजारमा सार्वजनिक भएको छ।

दिलकुमार कार्कीले बिद्यालयमा पढ्दाको स्कुले जीवन संग संबन्धित गीत स्कुल पढ्दाखेरि नामक गित बजारमा ल्याएका छन।

सार्वजनिक गीतमा मञ्जु ढुङ्गाना र दिलकुमार स्वयमको स्वर रहेको छ।  उक्त गितमा लय र शब्द दिलकुमार कार्की स्वयम्को रहेको छ।

गितमा गणेश शिवाकोटी,प्रकाश राज तामाङ्ग,रमिला बस्नेत,सपना चौलागाई लगायतको अभिनय रहेको छ।  नारायण मगरको निर्देशन र सम्पादन रहेको भिडियोमा नृत्य निर्देशन प्रकाशराज तामाङ्को रहेको छ।

रामेश्वर जिरेलले छायाङ्कन गरेको भिडियोमा रमा थापा दाहालको श्रृङ्गार रहेको छ । 

उक्त गीत DGRS ENTERTAINMENT नामक युट्युब च्यानलबाट बजारमा प्रस्तुत गरिएको छ।

 

भिडियो हेर्नुहोस :