एकैदिन कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

जम्मा मृतकको संख्या ८१२

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो ।

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।