विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित युरोपका मात्रै छन् ।

अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ३४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५५ लाख ५१ हजार ४६ हजार ४७ पुगेको छ ।

उपचार गराइरहेका १ करोड ३४ लाख ५२ हजार १२६ मध्ये ९१ हजार ७७८ जनाको अवस्था गम्भीर छ ।