एकैदिन देशभर १६० कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।