एकैदिन १०४ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शुन्य

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ६० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।नेपालमा पछिल्लो २४ घण्टामा कोही संक्रमितको निधन नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ ।