प्रधानमन्त्री शर्मा ओलीसँगै अघि बढ्छु : मणि थापा

काठमाडौं । खानेपानीमन्त्री मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अघि बढ्ने बताएका छन् ।

सर्वोच्च अदालतको फैसालाको सम्मान गरे पनि पूर्वएमाले र माओवादीमा रहने राजनीतिक निर्णय गर्ने अधिकार आ–आफ्नो रहने उनले बताए । सर्वोच्चको फैसालाले राजनीतिलाई असर गर्दैन । अदालतको फैसलाको सम्मान गर्नुपर्छ । राजनीतिक निर्णय त हामी आफैँले गर्ने कुरा हो । अहिले मात्रै होइन्, पूर्वमाओवादीमा फर्कने स्थिति रहन्न कसैको रहन्न, उनले भने, परिस्थिति त्यो ठाउँमा अहिले पुगिसकेको छैन ।

के हुन्छ अहिल्यै भन्न सकिन्नँ । हामीमाथि मात्रै प्रश्न होइन, माधव नेपाल, झलनाथ खनाललगायत माथि पनि प्रश्न उठ्छ । अनेक आयाम छन् । त्यो लेभलमा सोचिहाल्ने स्थिति बनिसकेको छैन । राजनीतिक रुपमा हामीले जे निर्णय गरेका छौं । यही निरन्तर रुपमा जान्छ ।