झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी–१ ढुङ्गेल चोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा आज बिहान स्थानीय किशोर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दक्षिणतर्फ जाँदै गरेको मे १० प ३५६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।