कोरोना संक्रमित थुनुवा अस्पतालबाट फरार

काठमाडौं । कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएका थुुनुवा बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपिएफ अस्पतालबाट भागेका छन् ।

लागुऔषध मुद्दामा महानगरीय प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेका भारतीय नागरिक उपेन्द्र कुशवाह भागेका हुन् । शौचालय जाने बहानामा भेन्टिलेटर तोडेर उनी भागेका हुन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।  

उपेन्द्रलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पाँच दिनअघि लागु औषध सहित पक्राउ गरेको थियो । उनको साथबाट फेनारगन २ सय एम्पुल, सोहि परिमाणमा डाईजेपाम र बुप्रेनोर्फिन बरामद गरिएको थियो । उनी कलंकी स्थित मैत्रिनगरमा बस्दै आएका थिए ।